गंगानारायण र महिन्द्रले बाबुरामलाई छाडे, माओवादीमा समायोजन
प्रकाशित मिति
२०८२ जेष्ठ १२ गते, सोमबार ०१:२८
काठमाडौं । एक समय डा. बाबुराम भट्टराईका नजिकका विश्वासपात्र मानिने गंगानारायण श्रेष्ठ र महिन्द्र राय यादवले बाबुरामलाई छाडेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। नयाँ शक्ति हुँदै नेपाल समाजवादी पार्टीसम्म सँगै रहेका यी नेताहरूले अन्ततः प्रचण्ड नेतृत्वमा फर्किने निर्णय गरेका हुन्।
गंगानारायणले नेपाल समाजवादी पार्टीमा बहुमत जुटाएर महिन्द्रलाई पनि एक्ल्याउँदै पार्टीलाई माओवादीमा समायोजन गराएका छन्। सोमबार उनीसहितका नेताहरूलाई प्रचण्डले स्वागत गरेका थिए। यसअघि बाबुरामका सचिवालय प्रमुख विश्वदीप पाण्डे पनि माओवादीमा प्रवेश गरिसकेका थिए।

अब बाबुराम झन् एक्लिँदै गएका छन् भने महिन्द्र राय यादव पनि अलग्गिएका छन्। युद्धकालदेखि बाबुरामसँगै रहेका धेरैजसो पुराना सहकर्मीहरू अहिले माओवादीमा सक्रिय छन्।

Related
Recent News
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
- टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्यायो आफ्नो नेटवर्कको पहुँच
- नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
- कृष्णभीर अवरोधपछि ग्यास आपूर्तिमा साल्ट ट्रेडिङको नयाँ पहल
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया