• २१ असोज २०८३, बुधबार
  • ७ः१२ बिहान

सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट

प्रकाशित मिति

२०८२ जेष्ठ १ गते, बिहीबार ११:३२

काठमाडौँ , बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबार सुन तोलामा ३ हजार ५०० रुपैयाँले घटेको हो । चाँदीमा पनि ३५ रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

National Life

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार १४६।०९ अमेरिकी डलर र ३१।८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया