• २७ भदौ २०८३, शनिबार
  • १२ः२० राती

दुई बस एकापसमा ठोक्किँदा १९ जना घाइते

प्रकाशित मिति

२०८२ बैशाख १५ गते, सोमबार ११:२०

वैशाख १५, २०८२ काठमाडौँ: जितपुर सिमरा पथलैया-हेटौंडा सडक खण्डमा दुईवटा बस एकापसमा ठोक्किँदा १९ जना यात्रु घाइते भएका छन् ।

National Life

जितपुरसिमरा उपमहानगरपालिकाको २२ नम्बर वडाको अमलेखगञ्जको ३ नम्बर पुल नजिक रौतहटबाट हेटौंडा तर्फ जाँदै गरेको ग१ख ११५४ नं. को बसलाई काँकडभिट्टाबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६५५ नं को बसले पछाडिको भागमा ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको बारा प्रहरीले जनाएको छ ।

दुर्घटनामा ग२ख १६५५ नं को बसमा सवार १९ यात्रुहरू घाइते भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजय पण्डितले बताए । घाइतेहरूलाई उद्दार गरेर ९ जनालाई हेटौंडाको सहकारी अस्पताल र १० जनाको वीरगंजको वयोधा अस्पतालमा पुर्याइएको उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया