• ३ असोज २०८३, शनिबार
  • ५ः०८ बेलुका

शेरबहादुर तामाङ दम्पतिको संरक्षकत्वमा ‘नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति’ गठन

प्रकाशित मिति

२०८१ चैत्र २१ गते, बिहीबार १०:३४

चैत्र २१, २०८१ काठमाडौँ: नेपाल कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समितिले कोदोको रक्सी संरक्षणको लागि राज्यले तत्काल नीति निर्माण गर्नुपर्ने र तत्कालका लागि कोदोबाट बनेको रक्सीलाई नोक्सान नगर्न अनुरोध गरेको छ ।

National Life

समितिले कोदोको रक्सी निर्यात तथा बजार व्यवस्थापनको सुनिश्चितता गर्नुपर्ने, रक्सी उत्पदन तथा गुणस्तर मापनका लागि वैज्ञानिक विधि अपनाउनेलगायत विभिन्न माग अघि सारेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समिलिते आउँदो आर्थिक वर्षबाट नै कानून बनाई कार्यान्वयन गरिनुपर्ने माग राखेको छ ।

हाल कोदो र मर्चाको प्रयोग गरी परम्परागत तरिकाबाट बनाईएको रक्सीको बिक्रि वितरणमा रोक नलगाउनसमेत समिलिते अपिल गरेका छ । बरु, अन्य अखाद्य बस्तुहरुको मिसावटबाट बनेका रक्सीहरुलाई तत्काल अनुगमन गरी कारबाही गर्न सुझाव दिएको छ । कोदोको रक्सीको लागि कम्पनी तथा उद्योग स्थापना गर्नलाई तत्काल सहुलियत ऋणको व्यवस्था मिलाउनपनि सरकारसमक्ष माग गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

घरेलु रक्सीलाई कानून बनाई बैद्य बनाउनुपर्छ भनेर सबैभन्दा पहिले नेपालमा तत्कालिन संविधान सभा सदस्य तथा कोशी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री उषाकल राईले आवाज उठाएकी हुन् । उनै उषाकला राई र संघीय सरकारका पूर्व कानूनमन्त्री शेरबहादुर तामाङको संरक्षकत्वमा छिरिङ ग्याल्बु लामाको संयोजकत्वमा ३७ सदस्यीय राष्ट्रियस्तरको ‘नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति’ गठन गरिएको जानकारी गराईएको हो ।

कार्यक्रममा बोल्दै एमालेका नेता तथा पूर्वमन्त्री एवम् समितिका प्रमुख संरक्षक शेरबहादुर तामाङले आफ्नो देशको उत्पादनलाई चिन्नको लागि ढिलाई भएको भन्दै गुनासो पोखे । उनले नेपाल देश धनी भएपनि आफ्नो उत्पादनमा गर्व गर्न नसक्दा गरिब बन्नुपरेको टिप्पणी गरे ।

उनले वर्तमान सरकारमा डिसिजन लिने कुरामा ढिलासुस्ती नगरोस भन्ने सुझाव दिए । काठमाडौं महानगरपालिकाले प िनगत वर्षको नीति तथा कार्यक्रममा पनि घरेलु कोदोको रक्सीको बारेमा उल्लेख गरेको तामाङले स्मरण गराए । उनले देशको स्वदेशी उत्पादनलाई बजारमा ल्याउन नसकिएसम्म देश धनी नबन्ने ठोकुवा गरे ।

प्रतिकृया