• ३ असोज २०८३, शनिबार
  • ३ः२२ दिउँसो

नेविसंघद्वारा स्ववियु निर्वाचनको घोषाणपत्र सार्वजनिक

प्रकाशित मिति

२०८१ चैत्र २ गते, शनिबार ०५:५९

चैत्र २, २०८१ काठमाडौँ: नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । हिजो (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघले घोषणापत्र सार्वजनिक गरेको हो ।

National Life

जारी घोषणापत्रअनुसार नेविसंघले स्मार्ट शिक्षाको नीति लिएको छ । हरेक विश्वविद्यालय तथा क्याम्पसहरुमा डिजिटल लाइब्रेरी र निःशुल्क वाइफाइ व्यवस्थापन गरिने, विद्यार्थी स्वयंको सक्रिय सहभागिता र नेतृत्वमा डिजिटल माध्यममार्फत ज्ञान सिर्जना, संग्रह, र प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गरिने र अनुसन्धान, रचनात्मक लेखन, शैक्षिक सामग्री निर्माण, तथा डिजिटल पुस्तकालय विस्तारलाई प्रोत्साहन गरिने नेविसंघले घोषणा पत्रमा उल्लेख गरेको छ ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयका हालसम्मका सम्पूर्ण शोधपत्रहरू सङ्ग्रह गरी अभिलेख निर्माण गरिने, क्याम्पस परिसरमा सस्तो तथा निःशुल्क छात्रवासको व्यवस्था गर्न पहल गर्ने, व्यवहारिक शिक्षा सुधार तथा ‘पेड ईन्टर्नसिप’ कार्यक्रमको समेत अगाडि सार्ने नेविसंघको घोषणा पत्रमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघले विगतमा आफूहरुले गरेको वाचा सबै पूरा गरेको बताए । नेविसंघ विद्यार्थीको हक, हित र मुद्दामा इमानदार रहेको उनको भनाइ छ । विद्यार्थी आन्दोलनलाई रिब्राण्डिङ गर्न आफूहरुले स्पार्क मुभमेन्टलाई अगाडि बढाएको उनले बताए । ‘नेपाल विद्यार्थी संघले जे बोल्छ, त्यही गर्छ । हामीले बोलेका पनि छौं, गरेर देखाएका पनि छौं,’– उनले भने ।

प्रतिकृया