• ३ असोज २०८३, शनिबार
  • १०ः३४ राती

अस्ट्रेलियाली पूर्व क्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर

प्रकाशित मिति

२०८१ फाल्गुन २९ गते, बिहीबार ०३:२४

फाल्गुण २९, २०८१ काठमाडौँ: अस्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर स्टुअर्ट म्याकगिललाई बिहीबार कोकिन आपूर्तिमा संलग्न भएको आरोपमा दोषी ठहर गरिएको स्थानीय मिडियाले जनाएको छ ।

National Life

सेवानिवृत्त लेग स्पिनरले सन् २०२१ मा आफ्नो व्यक्तिगत कोकिन डिलरलाई एक सहयोगीसँग परिचय गराएको प्रहरीले जनाएको छ । त्यसपछि ती दुई जनाले आपसमा दुई लाख अमेरिकी डलरको लागूपदार्थ सम्झौता गरेको प्रहरीले जनाएको छ ।

यद्यपि म्याकगिल त्यसपछिको कारोबारमा संलग्न नभए पनि जुरीले ५४ वर्षीय म्याकगिललाई जानीजानी प्रतिबन्धित लागूपदार्थको आपूर्तिमा सहभागी भएको दोषी ठहर गरेको राष्ट्रिय प्रसारक एबिसीले बताएको छ । जुरीले उनलाई व्यावसायिक स्तरको लागूपदार्थ आपूर्तिमा संलग्न हुने अझ गम्भीर आरोपमा निर्दोष ठहर गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

म्याकगिलले सन् १९९८ देखि सन् २००८ सम्म अस्ट्रेलियाका लागि ४४ टेस्ट खेल्नुभएको थियो।उनको करियर शेन वार्नको करियरसँग मेल खान्थ्यो। शेन वार्नलाई व्यापक रूपमा सर्वकालीन सर्वश्रेष्ठ स्पिन बलर मानिन्छ ।

प्रतिकृया