• २४ भदौ २०८३, बुधबार
  • ११ः४९ बिहान

इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ, बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन : प्रधानमन्त्री

प्रकाशित मिति

२०८१ फाल्गुन ८ गते, बिहीबार ०५:०७

फाल्गुण ८, २०८१ पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञान, दर्शन, योग र खोजको उद्गमस्थल नेपालमा दीक्षित विद्यार्थीले सदैव इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् ।

National Life

कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ इमानदार भई समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्न दीक्षित विद्यार्थीसँग आग्रह गरे । ‘इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन । तपाईँहरूले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन,‘कुलपति ओलीले भने, ‘तपाईँहरू समाज र देशका लागि उपयोगी हुनुपर्छ । आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ । देश र समाजका लागि केही गर्नुस् । नागरिक सर्वोच्चताको गर्व तपाईँहरूमा होस् ।’

उनले सानो देशमा छु भन्ने हीनताबोध भावना नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन भन्ने विषयमा स्पष्ट भई सदैव नेपाल र नेपालीलाई केन्द्रमा राखेर काम गरौँ भने। ‘हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन । हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस् । साहसी हुनुस्, दुस्साहासी नहुनुस्,‘ प्रधानमन्त्री ओलीले भने, ‘हामीसँग उर्वर भूमि छ । यसलाई रूपान्तरणकारी विकासमा लान सकिन्छ । यस काममा विश्वविद्यालय लागोस् । सरकार विश्वविद्यालयको साथमा छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न सङ्काय र तहका गरी सात हजार ८७२ विद्यार्थीलाई दीक्षित गराए। साथै उनले कुलपति पदकबाट सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गरे।

प्रतिकृया