• १६ भदौ २०८३, बुधबार
  • १२:४१ बेलुका

बीमा प्राधिकरण अध्यक्षको अन्तर्वार्ताका लागि पाँच जना छनौट

प्रकाशित मिति

२०८१ फाल्गुन ५ गते, सोमबार ११:२३

फाल्गुण ५, २०८१ काठमाडौँ: नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका पाँच जनाको नाम सार्वजनिक गरिएको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सोमबार एक सूचना जारी गर्दै आवेदन दिएकाहरूमध्येबाट छनौट गरी ५ जनाको नाम सार्वजनिक गरेको हो ।

जसमा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् । अब उनीहरूको प्रस्तुतिकरण र अन्तर्वार्ता अर्थ मन्त्रालयमा फागुन १० गते दिउँसो २ बजे हुने छ ।

Kamana Sewa

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै प्राधिकरणमा अध्यक्ष पद रिक्त भएपछि सिफारिस समितिले २६ पुसमा १५ दिनको समयावधि राखेर अध्यक्ष पदमा आवेदन माग गरेको थियो ।

Classic Tech Desktop

प्रतिकृया