विकास कार्यहरु जनताको चाहना अनुसार भइरहेको छ : सांसद बस्नेत
प्रकाशित मिति
२०७६ भाद्र ३० गते, सोमबार ०८:१३
भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकासका कार्यहरु जनताको चाहना र आवश्यकता अनुसार भइरहेको बताउनु भएको छ । उहाले भक्तपुरमा साना साना विकासका आयोजना मात्र नभई राष्ट्रिय गौरवका आयोजना समेत निर्माणको प्रकृयारमा रहेको आम भक्तपुरवासी नागरिकलाई स्पष्ट रहेको बताउँदै स्मार्ट सिटी, प्राणी उद्यान केन्द्र, आधुनिक सभागृह, सडक, ढल, खानेपानीलगायतका विकास कार्यहरु जनताको चाहना अनुसार भइरहेको बतायनु भएको हो । सांसद बस्नेत तिव्र विकासको गतिमा भक्तपुर नेपालकै नमुना जिल्लाको रुपमा स्थापित हुँदै गएको बताउँदै आगामी तीन चारवर्ष्भित्रमा भक्तपुर हेर्न तथा देखाउन लायक ठाउँको रुपमा विकसित हुने बताउनुभएको छ ।
सूर्य्विनायक नगपालिका वडा नं. ७ स्थित भौरवी आधारभुत विद्यालयको नेपाल सरकार राष्ट्रिय पुननिर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) भक्तपुरद्वारा नवनिर्मित ४ कोठे पक्की भवनको उद्घाटन कार्यक्रममा बस्नेतले यस्तो बताउनु भएको हो। वर्तमान जनप्रतिनिधिले भक्तपुरको विकास गर्दिन भने पनि जनताले विश्वास नगर्ने बताउँदै सांसद बस्नेतले वर्तमान जनप्रतिनिधिले विकास र समृद्धिको ढोका खुल्ला गर्दै जनताको तिव्र विकास प्रतिको चाहना वर्तमान निर्वा्चित जनप्रतिनिधि नै भएको बताउनुभयो ।
प्रदेश नं. ३ का सांसद शसीजंग थापाले विद्यार्थी भन्दा शिक्षाक शिक्षिकाको संख्या धेरै हुने प्रवृत्तिको सूर्य्विनायक नगरपालिकामा अन्त्य भएको बताउँदै सामुदायीक विद्यालयको प्राविधि, गुणस्तरिय तथा व्यवहारिक शिक्षामा जोड दिनुभयो ।
सूर्य्विनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले राज्यले सामुदायीक विद्यालयमा ठूलो बजेट खन्याउन तर अविभावकले नीजि विद्यालयमा ठूलो बजेट खन्याउने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षाको विकास नै समृद्धिको आधार रहेको बताउँदै उहाँले सूर्य्विनायक नगरपालिकामा ३४ वटा सामुदायीक विद्यालयहरु सञ्चालनमा रहेको जानकारी गराउनुभयो ।
सूनपा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले व्यवस्थित सामुदायीक विद्यालय सञ्चालनको लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै जननिर्वा्चित प्रतिनिधि आएपश्चात सामुदायीक विद्यालयमा विद्यार्थीको संख्या तिव्र गतिका साथ वृद्धि गराउँदै लगेको बताउनुभयो ।
जिल्ला कार्यान्वयन इकाइका प्रमुख भरत श्रेष्ठले भक्तपुरमा भुकम्पका कारण ९७ वटा विद्यालयहरु भत्कीएकोमा ३२ वटा पुनिर्माण सम्पन्न भईसकेको, ३५ वटा निर्माणको करिव अन्तिम चरण्मा रहको र अन्य विभिन्न कारणले निर्माण गर्न नसकिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, वडा नं. ७ का वडा सदस्य अर्जुन खतिवडा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खेमनाथ पोखरेल, सूनपाका उपसचिव सरिता दंगाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।






प्रतिकृया