सडक मानव उद्दार कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०७६ भाद्र ३० गते, सोमबार ०८:००
मानव कल्याण तथा जनप्रतिनिधि वेवारीसे सडक मानवको अवस्था बुझ्दै
भक्तपुर, भक्तपुरमा सडक मानवको अवस्था अवलोकन गर्न प्रदेश सांसद, उपप्रमुख र प्रहरी प्रमुख एस पि को अग्रसरता मानवीय कल्याणको कार्यमा अघी बढ्दै बेवारीसे सडक मानवको सेवा गरिरहेको मानव कल्याण समाजले भक्तपुर जिल्लामा सडक मानवको अवस्था अवलोकन तथा उद्दार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम प्रदेश सभा शदश्य माननिय प्रतिमा श्रेष्ठ र सुर्यबिनायक नगरपालिकाको उपप्रमुख जुना बस्नेतको प्रमुख अभिभावकत्वमा सम्पन्न भएको हो । महानगरिय प्रहरी परिसरका प्रमुख साबिन श्रेष्ठ, वेभ ग्रुपका अध्यक्ष तथा हनुमंते नदी सफाईका अभियान्ता नरेश रन्जित, समाजसेवी बेद प्रशाद खरेल लगायत सेवा घरका अभियान्ताहरुको सकृया सहभागिता रहेको उक्त अवलोकनका बिच आठ जना बेवारीसेको उद्दार गरिएको छ भने दिनभरी भारी बोकेर राती पाटिमा सुत्ने करीव दश जनालाई परामर्श समेत प्रदान गरिएको छ ।
रात्रीकालिन समयमा यसरी खान र लाउन नपाएर सडकमा अलपत्र परेकाहरुलाई सेवा र उद्दार गर्न पाउदा फरक अनुभुती र आत्मशन्तुष्टी मिलेको प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले बताउनु भयो भने यस्ता खालका कार्य सरकारी तहबाट नै हुनुपर्ने हो तर सरकारको आँखा पुग्न नसकेको ठाउमा मानव कल्याण समाज सेवा घरले गरेको कार्यलाई उच्च प्रसम्सा गर्नुभयो ।





प्रतिकृया