• ३ असोज २०८३, शनिबार
  • २ः३० दिउँसो

फेरी खोलियो बेलायती राजकुमार ह्यारीको अमेरिकी भिसा मुद्दा

प्रकाशित मिति

२०८१ माघ २७ गते, आईतवार ०९:५८

माघ २७, २०८१ काठमाडौँ: बेलायती राजकुमार ह्यारीको नाम अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको देश निकालाको सूचीमा थपिन सक्ने बताइएको छ ।

National Life

ट्रम्पले पाँच महिनाअघि बन्द गरिएको ह्यारीको भिसा मुद्दा फेरि खोल्न आदेश दिएका छन् । यदि ह्यारी भिसा प्राप्त गर्दा गलत जानकारी दिएको पाइएमा, ट्रम्पले उनलाई देश निकाला गर्न सक्छन् । मिडिया रिपोर्टका अनुसार ट्रम्पले ह्यारीलाई आफुले डिपोर्ट भने नगर्ने स्पष्ट गरेका छन् । यस अघि ट्रम्पले ट्रम्पले ह्यारी र उनकी श्रीमती मेगन मार्कललाई कुनै पनि छुट नदिने बताएका थिए ।

मेगन अमेरिकी नागरिक हुन्, ह्यारी उनीसँगै अमेरिकामा बस्छन् । यो मुद्दा ह्यारीको आत्मकथा ‘स्पेयर’ सँग सम्बन्धित छ, जसमा उनले किशोरावस्थामा लागूपदार्थ सेवन गरेको स्वीकार गरेका थिए । अमेरिकी भिसा लिँदा ह्यारीले यो तथ्य लुकाएको बताइएको छ । यसलाई मुद्दा बनाएर, दक्षिणपन्थी संस्था हेरिटेज फाउन्डेसनले मुद्दा पुन: खोल्नको लागि निवेदन दायर गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

खासगरी मेगन मर्केलले पटक पटक ट्रम्पको आलोचना गर्दै आएकी छन् भने अघिल्लो राष्ट्रपतिको निर्वाचनमा ह्यारीले ट्रम्पलाई भोट नदिन भिडियो नै जारी गरेर आग्रह गरेका थिए । गत बर्षमात्र ट्रम्पले आफुले ह्यारीलाई नबचाउने स्पष्ट रुपमा भनेका थिए ।

प्रतिकृया