• ४ असोज २०८३, आइतबार
  • ९ः४५ राती

राजपुर नगरपालिका तनाग्रस्त, अवस्थालाई नियन्त्रणमा लिन करिव ४ दर्जन हवाई फायर

प्रकाशित मिति

२०७६ भाद्र २६ गते, बिहीबार ०६:१२

रौतहट, छठ पर्व मनाउदा बनाइएको श्री स्पताको स्थायी प्रतिमालाई मुस्लिमहरु भत्काएर मोहरमको तजियाको झण्डा गाडेपछि रौतहटको राजपुर नगरपालिकाको कुडिया र राजपुर गाउँ तनावग्रस्त बनेका छन् । कुडिया बजार छेउमा रहेको खोला किनारमा श्री सप्ता देउताको प्रतिमा भत्काएर मुस्लिमहरु झण्डा गाडेपछि दुवै समुदाय विच अवस्था असमान्य भई झड्प समेत भएका थिए ।

National Life

प्रहरीले मुस्लिम समुदायको अगुवाहरुलाई सम्झाएर विवाद नगर्न सहमती गराएर झण्डा हटाएको विषयलाई लिएर मुस्लिम समुदायका युवाहरु प्रहरी माथि ढुंगामुढा गर्नुको साथै वा.१ ग. २६०४ नम्वरको वनटन गाडीको सिसा फुटाए पश्चात आत्मरक्षाका लागि प्रहरीले विहिवार दिउसो १ बजेको समयमा ३० राउण्ड हवाई फायर र २८ राउण्ड टियरग्यासको फयर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

समाजिक सदभावमा खलल पुर्याएर सम्प्रदायिकता मचाउन खोजेको तथा अवस्था नियन्त्रण भन्दा बाहिर जान थालेपछि प्रहरीले बल प्रयोग गरेर अवस्थालाई नियन्त्रणमा लिएको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लिएको सोही क्रममा मुस्लिम समुदाय प्रहरी माथि जाइलागे, सशस्त्र प्रहरीका प्रहरी निरीक्षक रामबालक साह सहित २ जना नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक परमानन्द यादव सहित ३ जना घाईते हुँदा बाध्य भई फायर खोल्नु परेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

झडपका कारण कुडियाबजार क्षेत्र तनावग्रस्त रहेको छ । त्यस क्षेत्रमा डीएसपी नवीन कार्कीको नेतृत्वमा १२५ प्रहरी परिचालन गरिएको छ सशस्त्र प्रहरीका डिएसपी नरेश भण्डारीको कमाण्डमा १५० जना गरी झण्डै तिन सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरी अवस्थालाई नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

बुधबार साँझ छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ता मूर्ति तोडफोड भएपछि विवाद सुरु भए । श्री सप्ता मुर्ति तोडफोड भएको र त्यस ठाउँमा मुसलमान समुदायको झण्डा देखिएपछि विवाद सुरु भयो । यसै विषयमा बुधबार राति पनि झडप हुँदा प्रहरीले हवाई दुई दर्जन भन्दा बढि हवाई फायर र अश्रुग्यास हानेको थियो ।

प्रदर्शनकारीहरुले देशविरोधी नाराबाजी समेत गर्दा स्थानीय बासिन्दाहरु झनै असुरक्षित महसुस गरिरहेको सो गाउँका हिन्दु समुदायका बासिन्दाहरुले बताएका छन् । कुडिया बजार र राजपुर मुस्लिम बाहुल्य गाउँ भएको हुँदा हिन्दुहरु निकै असुरक्षित महसुस गरिरहदा सुरक्षाको ठोस व्यवस्थापन हुनुपर्ने उनीहरुको माग स्थानीय प्रशासन संग गरेका छन् ।

कुडिया र राजपुरको अवस्था निकै तनावग्रस्त रहेको अवस्थामा जिल्ला सुरक्षा समितिको निरन्तर रुपमा जिल्ला प्रशासन कार्यालय गौरमा वैठक भईरहेको तथा त्यहाँको अवस्था माथि सुक्ष्म दृष्टि राखेको बताउदै प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

 

प्रतिकृया