• ४ असोज २०८३, आइतबार
  • १०ः२६ राती

२० र ५० रुपैयाँका नयाँ नोट बजारमा

प्रकाशित मिति

२०७६ भाद्र २६ गते, बिहीबार ०५:५९

काठमाडौं, नेपाल राष्ट्र बैंकले २० रुपैयाँ र ५० रुपैयाँ दरको नयाँ सिरिजको नोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले बिहीबारदेखि २० रुपैयाँ दरका अग्रभागमा ‘विसं २०७२’ र पृष्ठभागमा ‘२०१६ एडी’ लेखिएका संकेत नंम्बर ञर४१ ०००००१ देखि ञर४१ ९९९९९९ सम्मका नोट निस्कासित गरेको हो।

National Life

त्यसैगरी ५० रुपैयाँ दरका अग्रभागमा ‘विसं २०७२‘ तथा पृष्ठभागमा ‘२०१५ एडी’ लेखिएका संकेत नं जर८६ ०००००१ देखि जर८८ ९९९९९९ सम्मको नोट निस्कासित भएका छन्। नोटको सिरिज नयाँ भए पनि डिजाइन भने पुरानै रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया