• ५ साउन २०८३, मंगलबार
  • ५:२८ बेलुका

अमेरिकामा नेपालीले चलाएको कार दुर्घटना हुँदा दुईजनाको मृत्यु

प्रकाशित मिति

२०८१ मंसिर ८ गते, शनिबार ०४:५५

मंसिर ८, २०८१ काठमाडौँ: अमेरिकाको भर्जिनिया राज्यस्थित च्यान्टिलीनजिकै कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ।

स्थानीय समयाअनुसार शुक्रबार मध्यराति कार दुर्घटना हुँदा रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-७ का सुरेश केसीको मृत्यु भएको हो। यस्तै दुर्घटनामा बर्दियाका विवेक सुवेदीको पनि मृत्यु भएको छ भने काठमाडौँका मेहुल श्रेष्ठ घाइते भएका छन्। अस्पतालमा उपचाररत श्रेष्ठको अवस्था खतरामुक्त रहेको बताइएको छ।

Kamana Sewa

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वेनजिक भएको हो। ठक्कर दिने कार चालक पनि नेपाली नै हुन्।

Classic Tech Desktop

चालक ३० वर्षीय विजय तामाङलाई पक्राउ गरी दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको छ। अहिले उनलाई लाउडाउन काउन्टी अडल्ट डिटेन्सन सेन्टरमा राखिएको छ।

चालक तामाङले अत्यधिक मादक पदार्थ पिएर कार चलाएकाले दुर्घटना भएको आशंका त्यहाँको प्रहरीले गरेको छ। कार अनियन्त्रित भई सडकबाहिर उछिट्टिँदै रूखमा ठोकिएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रतिकृया