• २१ असोज २०८३, बुधबार
  • ७ः३० बिहान

फोनलोनसँगको सहकार्यमा हाम्रोबजारले सुरु गर्‍यो बाइ नाउ, पे लेटर

प्रकाशित मिति

२०८१ आश्विन १० गते, बिहीबार ०३:०८

असोज १० , २०८१ काठमाडौँ:नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रोबजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक गरेको छ। फिचरलाई हाम्रोबीएनपीएल नाम दिइएको छ। अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने छन्। किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने हाम्रो विश्वास छ। 

National Life

कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरुले किस्ताबन्दीको सुविधा आ-आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्छन्।

हाम्रोबीएनपीएलमार्फत ग्राहकहरुले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन। ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरुले भने डाउनपेमेन्ट बिनानै सुविधा उपभोग गर्न सक्छन्। हाम्रो बजारको हाम्रोबीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरुले छनोट गर्न सक्छन्।

Classic Tech Mobile
Classic Tech Desktop

आफूलाई आवश्यक परेको वा मनपरेको प्रडक्ट फोनलोन प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङबाटै क्यूआरकोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सक्छन्।

‘हाम्रोबीएनपीएल भुक्तानीको माध्यम मात्रै होइन। यो नेपाली उपभोक्ताहरुका लागि इ-कमर्समा गेमचेन्जर फिचर हो। हाम्रोबजारसँगको सहकार्यमा हामीले हाम्रा ग्राहकहरुलाई तत्काल सबै पैसा भुक्तानी गर्नुपर्ने बाध्यताबाट छुट्कारा दिँदै तनावविना सामान खरिद गर्ने वातावरण सृजना गर्न खोजेका हौं। यसले हाम्रा ग्राहकहरुलाई फाइनान्सियल फ्लेक्जिबिलिटी प्रदान गर्छ,’ फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले भने।

प्रतिकृया