• ४ असोज २०८३, आइतबार
  • १२ः५७ राती

प्रभु इन्स्योरेन्सको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

प्रकाशित मिति

२०८१ श्रावण २५ गते, शुक्रबार ०४:३७

साउन २५, २०८१ काठमाडौँ: प्रभु इन्स्योरेन्स लिमिटेडले सेयरधनीको हितग्राही खातामा ४।७५ प्रतिशत बोनस सेयर जम्मा गरेको छ । कम्पनीले बैशाख २० गते सम्पन्न साधारण सभाबाट पारित भएको उक्त बोनस सेयर हितग्राही खातामा जम्मा गरेको हो ।

National Life

बैशाख ७ गतेको अघिल्लो दिनसम्म कारोबार भई लिखतमा रहेका सेयरधनीहरूले मात्र बोनश सेयर प्राप्त गर्ने कम्पनीले जनाएको छ । बैशाख ६ गतेसम्म सेयर धितो बन्धक राखि कर्जा लिएका सेयरधनीहरुको हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ ।

बोनस सेयर हितग्राही खातामा नै जम्मा गरिने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खोलि आफ्नो बोनस सेयर प्राप्त गर्न समेत कम्पनीले एक सूचनामार्फत आग्रह गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया