• ४ असोज २०८३, आइतबार
  • ८ः०३ राती

प्याब्सन मध्यपुर थिमी नगर कार्यसमितिद्धारा बास्केतबल प्रतियोगिता आजबाट सुरु

प्रकाशित मिति

२०७६ भाद्र १८ गते, बुधबार १२:०३

भक्तपुर, प्याब्सन मध्यपुर थिमीनगर कार्यसमितिद्धारा आयोजित बास्केतबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । प्रतियोगिता कौसलटारमा अवस्थित आर्दश जनप्रेमी स्कुलमा  भइरहेको छ ।

National Life

प्रतियोगितामा भक्तपुर इङ्लिस सेकेण्डरी, अमेनिटी इङ्लिस सेकेण्डरी, एक्टीभ इङ्लिस सेकेण्डरी, ओम ज्ञान मन्दिर, सूप्रीम एकेडेमी, दिव्यदिप ज्योति इङ्लिस सेकेण्डरी, आर्दश जनप्रेमी इङ्लिस सेकेण्डरी, ग्यान्डस्टोन एकेडेमी इङ्लिस सेकेण्डरी,  भक्तपुर निस्ट स्कुल,  होली गाडेन, लर्ड बुद्ध इङ्लिस सेकेण्डरी,  युनिक नेपाल इङ्लिस सेकेण्डरी, चाँणक्य स्कुल इङ्लिस सेकेण्डरी, माउन्ट सिनै र ओरविट् इङ्लिस सेकेण्डरी गरी १५ वटा स्कुलको सहभागी रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर जिल्ला प्याब्सनका अध्यक्ष चन्द्र अधिकारीले कार्यक्रममा बोल्दै सहभागी भएका सम्पुर्ण विद्यार्थीहरुलाई नियमको पालनक गरी अनुशासित भएर खेल्न र खेलमा कहाँनिर गल्ती भयो त्यो कुराको विचार गरी अगामी दिनहरुमा आफ्नो कमिकम्जोरी सुधार्दै खेल्न अनुरोध गर्दे सम्पुर्ण खेलाडीहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रमका सभापति मध्यपुर थिमिनगरका प्याब्सनका अध्यक्ष निलेस आचार्य, अतिथिमा म.थि.न.का उपाध्यक्ष संकर कर्ण कायस्थ, म.थि.न.का सचिव रत्नमान शंकदेव रहनुभएको थियो भने कार्यक्रम संचालन सुमन बस्नेतले गर्नुभएको थियो ।

फोटो फिचर

प्रतिकृया