• १६ भदौ २०८३, बुधबार
  • २:०२ बेलुका

भक्तपुर अस्पतालका एक कर्मचारीसहित दश जनामा भेटियो डेंगुको संक्रमण

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार १२:१०

भक्तपुर, देशका बिभन्न भागमा देखापरिरहेको लामखुट्टेको टोकाईबाट हुने प्राणघातक डेंगु रोग भक्तपुरमा पनि १० जनामा फेला परेको छ । भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म दस जनामा डेंगुको संक्रमण फेला परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविभूषण सुवालले बताउनुभयो ।

डा.सुवालका अनुसार अस्पतालमा डेंगुको संक्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पताल रिफर गरिएकामध्ये ६ जनामा डेंगुको संक्रमण देखिएको थियो ।
अस्पतालमा कीटको व्यवस्था भएपछि सम्भावित १८ जनामध्ये चार जनामा डेंगु पुष्टि भएको उहाँको भनाइ थियो ।

Kamana Sewa

डा.सुवालका अनुसार दुई जनाको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ भने बाँकीको टेकु अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय भक्तपुरका भेक्टर कन्ट्रोल सुपरभाइजर राजेन्द्रसिंह धामीले डेंगु संक्रमण बढेपछि प्रत्येक स्वास्थ्य चौकी र नगर स्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेंगुबारे जनचेतना अभियान चलाइएको बताउनुभयो ।

Classic Tech Desktop

प्रतिकृया