• १६ भदौ २०८३, बुधबार
  • ८ः४० राती

जाँड खाएर श्रीमती कुट्नेलाई कदापी छोड्दैनौः डिएसपी भट्ट

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार १२:३२

टीकापुर, ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले दिनभरी मजदुरी गरेर श्रीमतीले कमाएको पैसाले जाँड खाएर त्यहि श्रीमतीलाई कुट्ने श्रीमानलाई अब कुनै पनि हालतमा नछोड्ने बताउनु भएको छ ।

शनिबार ईलाका प्रहरी कार्यालय टीकापुरको आयोजनामा टीकापुर नगरपालिका वडा नम्बर २ विजयनगर बस्तीमा आयोजित मानव बेचविखन तथा ओसारपसार अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रममा बोल्दै डिएसपीले यस्तो भन्नु भएको हो ।

Kamana Sewa

शिविर बस्ती तिर घरेलु कुटपिट एवं महिला हिंसाका घटना धेरै हुने गरेको जानकारी पाएको भन्दै श्रीमाती कुट्ने, होहल्ला गर्ने श्रीमानलाई समाउदै भित्र हाल्ने बताउदै पहिलोपटक एकदिन भित्र राख्ने, त्यसले पनि नभए एकमहिना, अझै नपुगे एक बर्ष सम्म भित्र हाल्ने बताउनु भयो ।

Classic Tech Desktop

डिएसपी भट्टले शिविर, बस्तीका गरिब, अशिक्षित परिवार भएको ठाउँमा अपराधीको निगरानी बढी रहेको र यहाँका कोहि पनि नागरिक त्यस्ता अपराधीको चंगुलमा नफस्न समेत आग्रह गर्दै मोबाइल, इन्टरनेट, सामाजिक संजालको माध्यमबाट चेलीबेटी, युवाहरु नराम्रो काममा फसिरहेकोले अभिभावकलाई आफ्ना छोराछोरीको निगरानी गर्न र युवाहरुलाई मोबाइल, इन्टरनेट, सामाजिक सन्जाल चलाउदा होसियार हुनुपर्ने बताउनु भयो ।

कतिपयले गाउँका केटीहरुलाई ललाईफकाई गरेर भारतमा ३०, ४० हजारको जागिर लगाईदिने, हिरोनी बनाईदिने भन्दै ठगेर नेपाल भारत सीमामा श्रीमती, बहिनि भन्दै सिमा पार गराएपछी भारतमा अश्लिल काममा लगाउने, उपचार गराईदिने भन्दै किड्नी, आँखा बेच्ने जस्ता कार्य हुने भएकाले यस्ता गतिविधिसँग सबैलाई होसियार रहन आग्रह गर्नुभयो ।

शंकास्पद र दलालहरु गाउँ बस्तीमा सोझासाझालाई फसाउने नियतले छिर्न सक्ने भएकाले कहिँ कतै त्यस्ता मान्छे देखे वा शंका लागे प्रहरीलाई तुरुन्तै सम्पर्क गर्न समेत आग्रह गर्नुभयो ।

प्रतिकृया