• ९ असोज २०८३, शुक्रबार
  • २ः१८ राती

इलाम–२ मा आठ स्वतन्त्रसहित २० जनाको उमेदवारी दर्ता (सूचीसहित)

प्रकाशित मिति

२०८० चैत्र २४ गते, शनिबार ०८:५०

चैत्र २४, २०८० काठमाडौँ: इलाममा हुन लागेको उपनिर्वाचनका निम्ति २० जनाले उमेदवारी दर्ता गराएका छन् । इलाम क्षेत्र नम्बर–२ का निम्ति २० जनाको उमेदवारी दर्ता गरिएको निर्वाचन आयोगले जानकारी गराएको छ ।

National Life

शनिबार बिहान १० देखि बेलुका ५ बजेसम्मको निर्धारित समयमा राजनीतिक दलका तर्फबाट १२ र आठजनाले स्वतन्त्र रूपमा उमेदवारी दर्ता गराएका आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए । उनीहरू सबै पुरुष हुन् ।

नेकपा (एमाले)का तर्फबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा (एकीकृत समाजवादी)का जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले उमेदवारी दर्ता गराएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट मिलन लिम्बू, स्वतन्त्र रूपमा डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र डाकप्रसाद गौतमलगायत व्यक्तिले उमेदवारी दर्ता गराएका आयोगले जानकारी गराएको छ ।

सो क्षेत्रमा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि उपनिर्वाचन हुन लागेको हो ।

उमेदवारी दर्ता गराएकाको सूची हेर्नोस्–

प्रतिकृया