• ९ असोज २०८३, शुक्रबार
  • १ः५३ राती

एनआरएनएसँग मिलेर काम गर्न परराष्ट्रमन्त्री श्रेष्ठ सकारात्मक

प्रकाशित मिति

२०८० फाल्गुन २७ गते, आईतवार १२:३१

फागुन २७, २०८० काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन् ।

National Life

शुक्रबार मन्त्रीनिवासमा भएको भेटमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघको अभियान तथा संस्थागत विकासमा भएका प्रगति र समस्याका बारेमा जानकारी गराएका थिए। सरकारसँग विगतका दिनहरूमा जस्तै सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको डा. केसीले जानकारी दिए।

मन्त्री श्रेष्ठले गैरआवासीय नेपालीहरूले नेपालको लागि गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा मिलेर काम गर्न मन्त्रालय सहयोगी हुने बताए। त्यस्तै गैरआवासीय नेपालीहरूका लागि नेपालको समृद्धिमा योगदानका लागि प्रशस्त सम्भावना रहेको र संघको अभियानको बारेमा आफू पूर्ण जानकार रहेको मन्त्री श्रेष्ठको भनाइ थियो।

Classic Tech Mobile
Classic Tech Desktop

श्रेष्ठले एनआरएनएसँग मिलेर काम गर्न आफू सकारात्मक रहेको बताए । यसअघि गृह मन्त्रालय समालेका श्रेष्ठले पुनर्गठित मन्त्रिपरिषदमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी समालेका हुन्।

उनीले विहीवार रुसी समकक्षी लाभारोभसंग रुसी सेनामा अलपत्र परेका नेपालीहरुको समस्याका बारेमा फोनवार्ता गरेका थिए । यसअघि गैरआवासीय नेपाली संघले रुसी सेनामा अल्पत्र परेका नेपालीहरुको उद्धार तथा सहयोगको लागि आग्रह गर्दै आएको थियो ।

प्रतिकृया