• १६ भदौ २०८३, बुधबार
  • १:०१ बेलुका

विपी कोइराला जस्तो मृत्युसँग पौठेजोरी खेल्ने आँट सबैमा हुँदैन : माधव कुमार नेपाल

प्रकाशित मिति

२०८० पुष १६ गते, सोमबार ०४:३४

पुस १६, २०८० काठमाडौँ: मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै माधव कुमार नेपालले भन्नुभयो, “वि.स. २०३६ सालमा विपी कोइरालाको लहानमा जनमत संग्रहको सन्दर्भमा भाषण सुने । नेपालको राजनीतिमा दुइवटा व्यक्ति विपी कोइराला र पुष्पलाललाई मैले प्रत्यक्ष रुपमा भेट्ने मौका पाइन । पुष्पलालको पार्टीमा नै म आबद्ध भएर अगाडि बढें तर भेट्न पाइन । विपी कोइराला जस्तो समाजवादी विचारक, नेपाली समाजमा देखा परेको समस्याको समाधान गर्ने बाटो तर्फ अगाडि बढेको मानिसप्रति मेरो सम्मान छ । म उहाँप्रति हार्दिक सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दछ ।”

उहाँले अगाडि भन्नुभयो, “जति खेर विपी कोइराला नेपालमा आउने अवस्था बन्यो त्यो राजासित घाँटी जोड्ने सन्दर्भमा होइन । त्यो सन्दर्भ भनेको राष्ट्रियताको भावनाले देशभक्तिको भावनाले हाम्रो देश नेपाललाई हामीले जोगाउनुपर्दछ, नेपाली स्वाभिमानको रक्षा गर्नुपर्दछ भन्ने भावनाले उत्प्रेरित हुनुभयो, भारतमा बस्दाखेरिको व्यवहारले पीडित भएर, त्यो व्यवहारलाई उहाँले सहन नसकेर, त्यो उकुसमुकुस वातावरणबाट जोगिनको लागि देशमा जाउँ, जनताकै माझमा जाउँ जे हुन्छ त्यसको मुकाबिला गरौं भन्ने जुन आँट उहाँले गर्नुभयो त्यो अत्यन्तै अहिले महत्वपूर्ण छ । मृत्युसँग पौठेजोरी खेल्ने आँट सबैमा हुँदैन । मृत्युलाई चुनौती दिने सहास सबैमा हुँदैन, यस अर्थमा उहाँले त्यो आँट गर्नुभएको थियो । देशलाई मायाँ गरेर नै नेपालमा आउनुभएको थियो । आइसकेपछि एउटा नयाँ राजनीतिक तरंग पैदा गर्ने स्थिति पनि बनेको थियो ।”

Kamana Sewa

बालकुमारीको घटनाको सन्दर्भलाई जोड्दै उहाँले भन्नुभयो, “त्यो घटनाले हामी सबैलाई घच्घच्याएको छ । नेपालीहरुको विदेशमा पलायन, नेपाली जनता विदेशमा जानको लागि ओइरो लागेर जाने जुन स्थिति बनिरहेको छ, जग्गा जमीनहरु उत्पादनहिन अवस्थामा छ । यो स्थितिले हामीलाई पोल्छ कि पोल्दैन, जस जसलाई पोल्छ उसले यसको कारणको ठीक पहिचान गर्नुप¥यो । २ जनाको मृत्युको सवाललाई लिएर छानविन गर्ने काममाा जुन सरकार अगाडि बढेको छ जहाँबाट गल्ती भएको छ उनीहरु दण्डीत हुनुपर्दछ । यस्तो घटनाको बारेमा सबै सरोकारवालाहरुले आत्म चिन्तन गर्नुपर्ने अवस्था छ ।”

Classic Tech Desktop

प्रतिकृया