• 2:40 pm

जन्मदै सर्वश्रेष्ठ हुने सिद्धान्त अन्धविश्वासको पराकाष्ठा वा पाखण्डी सिद्धान्त हाे: ओली

प्रकाशित मिति

२०८० पुष १६ गते, सोमबार ०३:५१

पुस १६, २०८० काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारीमा युवाहरुले आन्दोलन गरिरहेको थाहा हुदा हुदै मन्त्री जस्तो मान्छे गाडीमा झण्डा हल्लाउदै त्यहा किन पुगेको भनी प्रश्न गर्नुभएको छ । मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले मन्त्री नै हुल हुज्जत गर्न पुगेको आरोप लगाउनु भयो ।

उहाले भन्नुभयो , ‘मान्छे किन मारिनुपर्यो रु मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्योरु नगइ नहुने त्यहाँ के पर्यो रु थुप्रै प्रश्न उठेको छ त्यसको जवाफ के हो ?’ ओलीले हुलमा गएर उत्तेजित बनाएर निहुँ खोजेर गोली चलाएर मान्छे मारेको मात्र होईन निर्मम रुपले बन्दुकको कुन्जाले हानेर कुटीकुटी मारेको छ । गोली चलाइएको मात्र होइन बन्दुले मान्छेलाई मान्छे घुत्रुकै मर्नेगरी हालेको छ ।

हुल हुज्जत हुललाई उत्तेजित बनाएर गोली हालेर मान्छे मारेको टिप्पणी गरेका छन् । मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आन्दोलन भइरहेको ठाउँमा मन्त्री किन जानुपर्यो रु भन्दै प्रश्न गरे ।

आजको कार्यmत्रमको सन्दर्भको बारेमा बोल्दै उहाँले भन्नुभयो, “नेपाली कांग्रेसका साथीहरुले यस दिवसलाई राष्ट्रिय एकताको दिवसको रुपमा निरन्तरता दिनुभएको छ । विपी कोइराला २, ३ वटा कुराहरुमा नेपाल फर्कनुभयो । एउटा राजतन्त्र समेत रहेको एउटा स्वतन्त्र देश सिक्कीम एउटा अप्ठ्यारो स्थितिमा थियो र त्यो निलींदै थियो वा भर्खर निलिएको थियो । त्यस स्थितिलाई देखेपछि राष्ट्रियताको रक्षा गर्नुपर्दछ भनेर परिस्थिति पनि बनेको थियो र त्यो अनुभूति विपी कोइरालालाई पनि भएको थियो । दोश्रो सन्दर्भ त्यसभित्र राजनीतिका अनेक पक्षहरु ह्ुन सक्दछन्, तर विपी कोइरालालाई खास गरी वसिनसक्नु अवस्था बनाएको थियो । तेश्रो नेपालमा प्रजातन्त्रको पूर्ण रुपमा अभाव थियो जसलाई पुनः प्राप्ति गर्नु थियो । यी अनेक सन्दर्भमा विपी कोइराला फर्कनु भएको थियो । वास्तवमा राजासँग नेपाली कांग्रेस र विपी कोइरालाको मेलमिलापबाट नयाँ परिस्थिति सिर्जना गर्ने कुरा थियो ।”

उहाँले अगाडि भन्नुभयो, “आजको कुरा गर्ने हो भने सन्दर्भ परिवर्तन भएको छ, परिस्थिति परिवर्तित छ । आजको सन्दर्भमा यसलाई कसरी कार्यान्वयन गर्ने र रुपान्तरित गर्ने हो रु राजतन्त्र त सकिएको छ । अब जनताबीचको एकता हो । हिंजो अर्कैै सन्दर्भ थियो आज अर्कै सन्दर्भ छ । यसको व्याख्या नेपाली कांग्रेसले गर्नुपर्दछ । अहिलेको परिस्थिति, अहिलेको राज्य संचालनसँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा मैले एउटा ढुँगा फयाँकेर कुनै तरंग ल्याउने कुनै इच्छा छैन । त्यतापट्टि म बिल्कुलै जान चाहन्न र अमनचैनमा खलल पनि पार्न चाहन्न ।”

पछिल्लो समयमा राजा फर्काउन एकाथरि मानिसहरु सक्रिय भएको सन्दर्भलाई लिएर उहाँले भन्नुभयो, “एकथरि मानिसहरु छन् राजतन्त्र भयो भने राष्ट्रियता बलियो हुन्छ । भारतमा लगभग ५६५ रजौटाहरु थिए । ती रजौटाहरु कयम हुनुपथ्र्यो होला नि । सिक्कीम राजा सहितको स्वतन्त्र देश थियो । जनताले हो कि राजाले हो देश बचाउने रु जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त, वैज्ञानिक आधार नभएको, तथ्यले पुष्टि गर्न नसक्ने, कुनै तर्कमा आधारित नभएको, तर्कहीन पाखण्डी सिद्धान्त हो । जन्मदै सर्वश्रेष्ठ हुने सिद्धान्त अन्धविश्वासको पराकाष्ठा वा पाखण्डी सिद्धान्त हो । जनताको पर्याप्त सचेतनताको अभावमा कायम रहेको आजको समयमा कहीं छ भने अवशेष हो, त्यो राजनीति कारणले सम्झौता भएर रहेको हुन सक्दछ । एउटा सचेत मानिसले जनताको सुप्रिमेसी नमानेर व्यक्तिगत सुप्रिमेसी स्वाभिमानी मानिसले कसरी स्वीकार गर्न सक्दछ ?”

प्रतिकृया