• १८ भदौ २०८३, बिहीबार
  • ६ः३४ बेलुका

नेपाल वायुसेवा निगम र थाइ एयरवेज बीच ग्राउण्ड ह्याडलिङ्ग सम्झौता

प्रकाशित मिति

२०८० पुष ९ गते, सोमबार ११:२५

पुस ९, २०८० काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समय देखि आफ्नो उडानको सेल्फ ह्याडलिङ्ग गर्दै आएको थाई एयरवेजले सेल्फ ह्याडलिङ्ग गर्न छोडी नेपाल वायुसेवा निगमसँग ग्राउण्ड ह्याडलिङ्ग सेवा लिन चाहेकोले मिति २९ अक्टोबर, २०२३ मा सम्झौता भई नेपाल वायुसेवा निगमले थाई एयरवेजको ग्राउण्ड ह्याडलिङ्ग गर्दै आएको छ । यसै सन्दर्भमा त्रि.अ.वि.मा आफूसँग रहेको ८० थान Ground Handling Equipment समेत नेपाल वायुसेवा निगमलाई प्रदान गर्न चाहे बमोजिम नेपाल सरकारबाट मिति २०८०/४/३ मा स्वीकृत भए अनुसार आवश्यक समन्वय गरिे उक्त Equipment हरु निगमको स्वामित्वमा रहने गरि मिति २०८०/८/३० मा हक हस्तान्तरण सम्झौता समेत सम्पन्न भयो ।

उक्त सम्झौतामा निगमका तर्फबाट कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीले र थाई एयरवेजको तर्फबाट थाइ एयरवेजका वेष्टर्न एण्ड मिडिल इष्ट मामिला प्रमुख श्री नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गर्नुभएको थियो ।

Kamana Sewa

निगमले गर्ने ग्राउण्ड ह्याडलिङ्ग सेवा IATA Safety Audit for Ground Operations (ISAGO) प्रमाणित भएको र निगमको ग्राउण्ड ह्याडलिङ्ग सेवालाई थाई सरकार तथा राष्ट्रिय ध्वजावाहक थाई एयरवेजले गरेको विश्वास प्रति निगम हार्दिक आभार प्रकट गर्दछ ।

Classic Tech Desktop

प्रतिकृया