• १७ भदौ २०८३, बुधबार
  • ४ः५८ बेलुका

नेपाली कांग्रेसद्धारा क्रिसमसको शुभकामना

प्रकाशित मिति

२०८० पुष ९ गते, सोमबार ११:३२

पुस ९, २०८० काठमाडौँ: नेपाली कांग्रेसले एक विज्ञप्ति मार्फत ईसाई धर्मावलम्वीहरुको महान पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण ईसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक हो । यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ । यी चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु-याएका छन् ।”

Kamana Sewa

क्रिसमस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पार्टी सभापति शेर बहादुर देउवालो हार्दिक शुभ–कामना व्यक्त गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया