• १८ भदौ २०८३, बिहीबार
  • १०ः०५ राती

राष्ट्रपति भण्डारीद्वारा गौरा पर्वको शुभकामना

प्रकाशित मिति

२०७६ भाद्र ६ गते, शुक्रबार १२:३८

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वको अवसरमा गौरा पर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको छ र हाम्रो समाजमा गौरापर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्त्व रहेको बताउनु भएको छ ।

राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ‘विशिष्ट सांस्कृतिक महत्व बोकेको गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सबैमा उत्साह एवं उमङ्ग जागृत गर्न सहयोग पुर्‍याउने विश्वास लिएको छु ।’

Kamana Sewa

गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो । गौरा पर्व भाद्र कृष्ण को षष्ठी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने चलन छ ।

Classic Tech Desktop

प्रतिकृया