• २१ असोज २०८३, बुधबार
  • ७ः२६ बिहान

के तपाईं घर बनाउँदै हुनुहुन्छ? ‘शिवम् सन्देश’ हेर्नुभयो?

प्रकाशित मिति

२०८० मंसिर ११ गते, सोमबार ०१:४०

मंसिर ११, २०८० काठमाडौँ: के तपाईं घर बनाउँदै हुनुहुन्छ? या, घर बनाउने सोचमा हुनुहुन्छ? पख्नुस्, तपाईंको लागि एउटा अत्यन्तै उपयोगी खबर छ । एउटा आफ्नै घर होस् भन्ने इच्छा प्रायः सबैको हुन्छ र घर बनाउने सपना पुरा गर्न हामीले जीवनको ठुलो हिस्सा खर्चन्छौ पनि। बर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरुपकै होस्, घर बनाउदा कुनै गल्ति कमजोरी नहोस् भन्ने चाहना सबैको हुन्छ। सपनाको घर निर्माण गर्ने क्रममा दुखले कमाएको सम्पत्ति बालुवामा पनि हाले सरि व्यर्थमा खर्च हुन नदिन सहि विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक र लाभप्रद हुन्छ। त्यसैले NS Quality Award 2019 बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले ‘शिवम् सन्देश’ लिएर आएको छ।

National Life

‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौँ टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरुको संग्रह हो। यसमा घर निर्माण पुर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरु समावेश गरिएको छ ।


घर बनाउने जग्गाको छनोट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरि गर्ने ? विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्याउने? जस्ता थुप्रै अति उपयोगी जानकारीहरु समेटिएको ‘शिवम् सन्देश’ले ”भरोसा अटुट सम्बन्धको” भन्ने शिवम् सिमेन्टको नारालाइ अझै उचाइमा पुर्याएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

भुकम्प र बाढी जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने ? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ ? साथै घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरु ‘शिवम् सन्देश’मा समेटिएका छन्। साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरु पनि ‘शिवम् सन्देश’मा समेटिएको छ।
सन् २००९ मा मध्य नेपालको हेटौँडामा स्थापित शिवम् सिमेन्ट उधोगले स्थानीय गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरि उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ। निर्माण व्यवसायी र सर्वसाधारणको भरोसा र विश्वास जित्दै आएको शिवम् सिमेन्टले लिएर आएको ‘शिवम् सन्देश’ उपभोक्ता प्रतिको उत्तरदायित्व र जिम्मेवारीको उत्कृष्ट उदाहरण हो। शिवम् सन्देश, शिवम् सिमेन्टको आधिकारिक वेबपेज, फेसबुक, युट्युब, र इन्स्टाग्राममा गएर हेर्न सकिन्छ।


घर निर्माणका चरण जत्तिकै महत्वपूर्ण घर निर्माणको योजना पनि हो। आफूसँगै परिवारको सुरक्षित बसोबासका लागि सुरक्षित र टिकाउ घर निर्माणको योजनामा येथेष्ट समय खर्चनु हाम्रो दायित्व हो। आजको सावधानीले सबैको भविष्य सुखी सुरक्षित हुन्छ। अतः के तपाईं घर बनाउँदै हुनुहुन्छ? या घर बनाउने योजनामा हुनुहुन्छ?? यदि हुनुहुन्छ भने पख्नुहोस्, एकचोटी ‘शिवम् सन्देश’ अवस्य हेर्नुहोस्।

प्रतिकृया