‘दराज ११:११’ कात्तिक २५ गतेदेखि
प्रकाशित मिति
२०८० कार्तिक २२ गते, बुधबार ०४:५४
कात्तिक २२, २०८० काठमाडौँ: दराज अनलाइन सपिङले कात्तिक २५ गतेदेखि ११ः११ सेल अभियान सुरु हुने बताएको छ । यस अभियानअन्तर्गत ग्राहकले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, र मनोरञ्जनसम्बन्धी सामान खरिदमा छुट मिल्ने दराजले बताएको छ ।
यो सेल अभियानअन्तर्गत निःशुल्क डेलिभरी, १० हजार रुपैयाँसम्मको मेगा भौचर, मेगा डिलमा ८० प्रतिशतसम्मको छुट र मेगा गिभअवेअन्तर्गत ९९९ रुपैयाँभन्दा माथिको खरिदमा अग्रिम भुक्तानी गर्ने ११ जनाले सीजी ब्राण्डको वासिङ मेसिन जित्ने दराजले बताएको छ ।
यस्तै, विभिन्न बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशतसम्म अधिकतम दुई हजार रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ । क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले २० प्रतिशत, अधिकतम दुई हजार ५०० रुपैयाँसम्म छुट पाउने दराजले जनाएको छ ।
दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले ११ः११ सेल मात्र नभएर उत्साह र उमंग भएको भन्दै यसबाट सम्पूर्ण ग्राहक, विक्रेता तथा साझेदार कम्पनी लाभान्वित हुने बताएकी छन् ।








प्रतिकृया