• २१ असोज २०८३, बुधबार
  • ७ः३४ बिहान

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

प्रकाशित मिति

२०८० कार्तिक २२ गते, बुधबार ०४:२५

कात्तिक २२, २०८० काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव १७ अंकले घटेर एक हजार आठ सय ६३ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।

National Life

आज दुई सय ८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर ३० हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा रु ७८ करोड २७ लाख ४३ हजार दुई सय ६४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ३८, होटल तथा पर्यटन समूह शून्य दशमलव ६४, लगानी समूह शून्य दशमलव ४३ र निर्जीवन बीमा समूह शून्य दशमलव २३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव १६ र अन्य समूह शून्य दशमलव ७३ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ३५, वित्त शून्य दशमलव ३३, जलविद्युत् शून्य दशमलव ६५, जीवन बीमा शून्य दशमलव ५१ र लघुवित्त समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ ।


आजको कारोबारबाट सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ०७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ३८ प्रतिशतले घटेको छ ।


कारोबार रकममा आधारमा आज सबैभन्दा धेरै सोनापुर सिमेन्टको रु पाँच करोड ६१ लाख ४१ हजार नौ सय ८४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन बैंक प्रमोटर शेयर चार लाख २० हजार तीन सय चार कित्ता कारोबार भएको छ ।

प्रतिकृया