भारतले २५ हजार मेट्रिक टन चिनी नेपाललाई दिने
प्रकाशित मिति
२०८० कार्तिक १७ गते, शुक्रबार ११:१४
कात्तिक १७, २०८० काठमाडौँ: नेपाललाई भारतले २५ हजार मेट्रिकटन चिनी दिने भएको छ । उक्त चिनी सरकार–सरकार (जीटूजी) सम्झौता गरी ल्याउने तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले जानकारी दिए ।
“भारतले २५ हजार मेट्रिकटन चिनी दिने भर्खरै खबर आएको छ । २५ हजार मेट्रिकटन चिनी जीटूजी प्रक्रियाबाट ल्याउने कुरा भएको छ । साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीबाट यो चिनी ल्याइनेछ,” उनले भने, “साल्ट टेड्रिङले प्रक्रिया आजबाट नै थालेको छ । तिहार अगाडि नै चिनी नेपाल आइपुग्छ ।”

उद्योगीबाट तीन हजार मेट्रिक टन चिनी विभागको सहकार्यमा बजारमा आएको महानिर्देशक चिलुवालले बताए । भारतबाट जिटूजीबाट चिनी आएपछि कालोबजारी घट्नुका साथै महँगी र अभाब हट्ने उनको भनाइ छ ।

Related
Recent News
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
- टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्यायो आफ्नो नेटवर्कको पहुँच
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया