• २१ असोज २०८३, बुधबार
  • १०ः३३ बिहान

सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित, बैंकलाई नयाँ प्रविधिसँग जोड्ने प्रतिवद्धता

प्रकाशित मिति

२०८० आश्विन २६ गते, शुक्रबार ०४:२२

असोज २६, २०८० काठमाडौँ: सिटिजन्स बैंक इन्टरनेसनलको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन । शुक्रबार सम्पन्न १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले प्रवलजंग पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो।

National Life

पाण्डे यसअघि बैंकको सञ्चालक थिए । बैंकका संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन् । उनले बैंकको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै नयाँ प्रविधिमा आधारित बैंकिङलाई प्राथमिकतामा राख्‍ने र सेवा बिस्तार गर्ने बताए ।


यसैगरी, उनले बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिवद्धता जनाएका छन्उ । पाण्डे मर्जर तथा एक्विजिसन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो । यसअघि बैंकको अध्यक्षमा राजनसिंह भण्डारी थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया