• २१ असोज २०८३, बुधबार
  • ८ः३१ बिहान

नेप्से परिसूचकमा गिरावट

प्रकाशित मिति

२०८० आश्विन २३ गते, मंगलवार ०४:३२

असाेज २३, २०८० काठमाडौं : यो साता कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ को बिन्दुमा कायम भएको छ ।

National Life

आज विभिन्न दुई सय ८२ कम्पनीका ४२ लाख ८७ हजार चार सय २४ कित्ता शेयर ४४ हजार ६९ पटक खरिदबिक्री हुँदा रू एक अर्ब २८ करोड ३१ लाख ८२ हजार एक सय ४५ मा कारोबार भएका छन् । आज सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै जलविद्युत् समूह एक दशमलव ७९ र निर्जीवन बीमा समूह एक दशमलव ६९ प्रतिशतले घटेको छ ।


आजको कारोबारमा ३१ वटा कम्पनीको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य सात दशमलव ६४ प्रतिशतले घटेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको रू २० करोड ३७ लाख ९४ हजार नौ सय ९१ बराबरको चार लाख ३३ हजार पाँच सय ४७ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिकृया