• २३ भदौ २०८३, मंगलबार
  • १०ः५३ राती

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल

प्रकाशित मिति

२०८० आश्विन १८ गते, बिहीबार १२:१४

असोज १८, २०८० काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन्।

National Life

उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्। उनलाई बुधबारदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो।


नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छन् । उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् । भने २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति लिएकी थिइन् । उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त भएकी हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने राष्ट्रिय भुक्तानी प्रणालीको योजना, उपकरण खरिद, ढुवानी तथा जडान कार्यमा सरकारी रकम हिनामिना गरेको अभियोगमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलसहित नौजनाविरुद्ध हिजो मुद्दा दायर गरेपछि पौडेल स्वतः निलम्बनमा परेका थिए ।

प्रतिकृया