• २३ भदौ २०८३, मंगलबार
  • १०ः०५ राती

बझाङ भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति

२०८० आश्विन १८ गते, बिहीबार १०:५४

असोज १८, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बझाङमा गएको भूकम्पबाट पीडित बनेका जनतालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले उद्दार र व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

National Life

बिहिबार बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को १२ औं बैठकमा प्रधानमन्त्रीले प्राकृतिक विपद्ले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताए ।


‘अहिले बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन गर्दछौं’, प्रधानमन्त्रीले भने, ‘हालसम्म भएको उद्दार, राहत र व्यवस्थापनमा भएको पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद पनि दिन चाहन्छौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्रीले सरकारका तर्फबाट राहत, उद्दार, उपचार, पुनस्र्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने समेत बताएका छन् ।


यसअघि बुधबार सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । बझाङ भूकम्पबाट १ जनाको मृत्यु भएको छ भने दुई दर्जन भन्दा बढी घाइते भएका छन् । यस्तै कैयन भौतिक संरचनामा क्षति पुगेको छ ।

प्रतिकृया