• २१ असोज २०८३, बुधबार
  • ८ः४३ बिहान

आज पनि सुनको मूल्यमा गिरावट, ताेलाकाे कति पुग्याे ?

प्रकाशित मिति

२०८० आश्विन १६ गते, मंगलवार १२:१५

असोज १६, २०८० काठमाडौँ: नेपाली सुनचाँदी बजारमा गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । गत मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार आठ सय, बिहीबार एक हजार चार सय, शुक्रबार आठ सय, आइतबार आठ सय, सोमबार एक सय रुपैयाँले घटेको सुनको मूल्य आज मंगलबार पनि प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको छ । यी सात दिनमा सुनको मूल्य प्रतितोला पाँच हजार छ सय रुपैयाँ घटेको छ ।

National Life

आज छापावाल सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै मंगलबार तेजाबी सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख सात हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया