• २१ असोज २०८३, बुधबार
  • ८ः५५ बिहान

साताको पहिलो दिन साढे १९ सय बिन्दुनजिक नेप्से, कारोबार रकममा सुधार

प्रकाशित मिति

२०८० आश्विन १४ गते, आईतवार ०४:०७

असोज १४, २०८० काठमाडौँ: साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.४० अंकले घटेको छ । आज ३४.४० अंकले घटेको बजार १९६९.८९ बिन्दुमा अडिएको हो । घटेको बजारमा कारोबार भने बढेको छ। आज नेप्सेमा १ अर्ब ८१ करोडको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ७७ करोडको कारोबार भएको थियो ।

National Life

कारोबारमा आएमध्ये १० कम्पनीको सेयरमूल्य बढ्दा २२१ कम्पनीको घटेको छ । आज सयपत्री हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सिटिजन्स लाइफ इन्स्योरेन्सको सर्वाधिक १४ करोड ७३ लाखको कारोबार भएको छ ।


पाँच कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सनराइज फस्र्ट म्युचल फण्ड, अपरहेवाखोला, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रो र सिटिजन्स लाइफको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया