• २४ भदौ २०८३, बुधबार
  • १ः४३ राती

राष्ट्रिय फुटबल टिमका फर्वाड विमल पनि अस्ट्रेलिया पलायन

प्रकाशित मिति

२०८० आश्विन १२ गते, शुक्रबार १०:४२

असोज १२, २०८० काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया प्रस्थान गरेका छन्। पछिल्ला वर्षहरुमा चार दर्जन बढी खेलाडी अस्ट्रेलिया पलायन हुँदा राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य घर्ती पनि अस्ट्रेलिया पलायन भएका हुन्।

National Life

एक दशक भन्दा लामो राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन्। एन्फा एकेडेमीका उत्पादन रहेका विमलले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए।


अहिले मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलका विमलले सन् २०१५ मा विमलकै कप्तानीमा पहिलो संस्करणको यू–१९ साफ च्याम्पियन समेत भएको थियो। भारतलाई टाइब्रेकरमा पराजित गर्दै नेपाल विजयी भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

लगातार राष्ट्रिय टिमका खेलाडी पलायन भइरहेपनि एन्फाले खेलाडी पलायन रोक्न सकेको छैन्। एन्फा आफै विवाद, अनियमितता र आन्तरिक कलहले जर्जर अवस्थामा छ।

प्रतिकृया