• २१ जेठ २०८३, बिहीबार
  • ६:३१ बिहान

हिमस्टार उर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने

प्रकाशित मिति

२०८० आश्विन १० गते, बुधबार ०४:२१

असोज १०, २०८० काठमाडौँ:  हिमस्टार उर्जा कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव गर्दै कात्तिक ४ गते साधारण सभा बोलाएको छ । असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्ताव सभामार्फत पारित गर्ने निर्णय गरेको हो ।


सभा कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा वडा नं ७ मा बिहान ११ बजे शुरु हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आव २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको चयन समेत सभाले गर्नेछ ।

Kamana Sewa

प्रतिकृया