• २३ भदौ २०८३, मंगलबार
  • ११ः२० राती

सन्दीपको मुद्दा शकुन्तला कार्कीको इजलासमा

प्रकाशित मिति

२०८० भाद्र २१ गते, बिहीबार ११:३९

भदौ २१, २०८० काठमाडौँ: नेपाली लेग स्पिनर सन्दीप लामिछानेको बलत्कार मुद्दाको अन्तिम बहस जिल्ला अदालत, काठमाडौंमा बिहीबार हुँदैछ । उनको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलामा परेको छ। उनको मुद्दा ३ नम्बरमा रहेकाले अन्तिम बहसको सम्भावना रहेको छ ।

National Life

यसअघि सन्दीपको मुद्दाको बहस पटक-पटक स्थगित हुँदै आएको छ । जिल्ला अदालत, काठमाडौंले आजका लागि फैसला पेसी तोकेपछि आज तीन नम्बरमा सनुवाइ परको हो। यसअघि गत १० भदौमा मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।


सन्दीप एसिया कपमा मुद्दाका कारण टिमसँगै पाकिस्तान जान पाएका थिएनन्। तर उनी केही ढिला गरी पाकिस्तान पुगेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

पाकिस्तान र भारतसँगको खेलपछि नेपाली टोली समूह चरणबाटै बाहिरिँदै बुधबारमात्र स्वदेश फर्किएको छ ।

प्रतिकृया