• २३ भदौ २०८३, मंगलबार
  • १ः०८ दिउँसो

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

प्रकाशित मिति

२०८० भाद्र २१ गते, बिहीबार १०:४६

भदौ २१, २०८० काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दा फैसलाका लागि आज (बिहीबार) लाई पेसी तोकिएको छ । आज मुद्दाको अन्तिम सुनुवाइ हुन लागेको हो । यही भदौ १० गते उक्त मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि आजका लागि पेसी तोकिएको हो ।

National Life

अन्तिम बहस सकिएमा आजै फैसला आउने सम्भावना छ । सन्दीपले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ । ती किशोरीले एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको भनी गत वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।


उक्त मुद्दामा यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भए। यसपछि सर्वोच्च अदालतले उनलाई विदेश जान लगाइएको प्रतिबन्ध पनि हटाउन आदेश दियो ।

प्रतिकृया