• २१ असोज २०८३, बुधबार
  • ९ः३६ बिहान

आज सुन–चाँदीको भाउ घट्यो

प्रकाशित मिति

२०८० भाद्र १९ गते, मंगलवार ११:३३

भदौ १९, २०८० काठमाडौँ : आज मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। हिजाे सोमबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।


त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया