• २१ असोज २०८३, बुधबार
  • १०ः५२ बिहान

सातामा चार अर्ब २४ करोडको सेयर किनबेच

प्रकाशित मिति

२०८० भाद्र १५ गते, शुक्रबार ११:०२

भदौ १५, २०८० काठमाडौँ: यो साता नेप्से १९ सय ९० दशमलव ५९ अंकमा सीमित हुन पुगेको छ । यसै गरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८१ दशमलव ७१ अंकमा सीमित हुन पुगेको छ । कुल दुई सय ८० वटा कम्पनीहरुको एक लाख ३२ हजार दुई सय तीन पटकको कारोबारमा एक करोड ५३ लाख ६५ हजार नौं सय ५० कित्ता शेयर खरिद–बिक्री भएका छन् । जसबाट यो साता कुल कारोबार रकम चार अर्ब २४ करोड ६५ लाख २४ हजार नौं सय ३२ रुपैंयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको भन्दा तीन अर्ब रुपैंयाँले कम हो ।

National Life

गत साता भने नेप्सेमा दुुई सय ७७ वटा कम्पनीहरुको दुई लाख दुई हजार चार सय १९ पटकको कारोबारमा दुई करोड ३५ लाख ४८ हजार आठ सय ९३ कित्ता शेयर खरिद–बिक्री भएका थिए । जसबाट कुल कारोबार रकम सात अर्ब २५ करोड २६ हजार नौं सय ८३ रुपैंयाँ पुगेको थियो । यो साता नेप्से चार दिन मात्र खुल्ला रहेकोमा पहिलो, तेस्रो, चौंथो दिन घटेको थियो भने दोस्रो दिन बढेको थियो । पाँचौं दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।


सो मध्ये पहिलो दिन २० दशमलव ५४ अंकले घटेर १९ सय ९३ दशमलव ३८ अंकमा सिमित हुन पुगेको नेप्से चौंथो दिन पुन दुई दशमलव ८२ अंकले घटेर १९ सय ९० दशमलव ५९ अंकमा खुम्चिन पुगेको थियो । यसैगरी पहिलो दिन तीन दशमलव ४४ अंकले घटेर तीन सय ८२ दशमलव ११ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पनि एक दशमलव १३ अंकले घटेर तीन सय ८१ दशमलव ७१ अंकमा सिमित हुन पुगेको थियो । यि बाहेकका दिनहरुमा भने दोस्रो दिन बढेको नेप्से बाँकी दिनहरुमा घटेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता हिमालयन डिष्ट्रिलरी प्रालि, घोराही सिमेन्ट, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट, सोल्टी होटल आदिको बढी रकम कारोबार हुँदा शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिकृया