• १७ भदौ २०८३, बुधबार
  • ३ः२४ दिउँसो

नेप्से परिसूचक आज बढे पनि कारोबार रकम भने घट्याे

प्रकाशित मिति

२०८० भाद्र ११ गते, सोमबार ०३:४१

भदौ ११ २०८०, काठमाडौं : नेप्से परिसूचक बजार बन्द हुने समयमा भने ५.०९ अंकले बढेर १९९८.४८ बिन्दुमा आएको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम भने यस दिन अघिल्लो दिनको तुलनामा घटेको छ।


गत कारोबार दिन १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ९७ करोड ९५ लाख ९१ हजार ७९४ रुपैयाँ पुगेको छ।

Kamana Sewa

यस दिन २७९ वटा धितोपत्रको ३६ लाख ५१ हजार ५९८ कित्ता सेयर किनबेच भएको हो। सोमबार कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ८४८ रुपैयाँ ३० पैसा पुगेको छ।

Classic Tech Desktop

यस्तै, लक्ष्मी सनराइज बैंकको सेयर मूल्य ४।७१ प्रतिशतले बढेर प्रति कित्ता मूल्य १८१ रुपैयाँ २० पैसा कायम भएको छ।


सेयर मूल्य सर्वाधिक घट्नेमा स्वावलम्बन लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयरमूल्य ४.३८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ११४ रुपैयाँ ९० पैसामा सीमित भएको छ।


यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ३.५५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६३६ रुपैयाँ १० पैसामा झरेको छ।


सोमबार लक्ष्मी सनराइज बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता १८१ रुपैयाँ २० पैसामा ७ करोड ३१ लाख बराबरको सेयर कारोबार भएको हो।


सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४५० रुपैयाँमा ४ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ०.८१ प्रतिशतले बढेको छ।

प्रतिकृया