• २१ असोज २०८३, बुधबार
  • १०ः०२ बिहान

राष्ट्र बैंकले ५ अर्ब ८४ करोडको विकास ऋणपत्र निष्कासन गर्दै

प्रकाशित मिति

२०८० श्रावण ३१ गते, बुधबार १२:२९

३१ श्रावण २०८०, काठमाडौँ: नेपाल राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागिे विकास ऋणपत्र जारी गर्ने भएको हो । ६ वर्षका लागि निष्कासन हुन लागेको विकास ऋणपत्र २०८६‘ट’ को बिहीबार अपरान्ह ३ बजे बोलकबोल हुने छ । निष्कासन भदौ १ गते हुने छ भने साँवा भुक्तानी अवधि २०८६ भदौ १ गते रहेको छ । ऋणपत्रको ब्याज अर्धवार्षिक रपमा हुनेछ ।

National Life

ब्याजमा ब्याजकर लाग्ने छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन र दिने पाइने छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । ऋणपत्र घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइने छ ।

केन्द्रीय बैंकले जारी गर्ने उक्त विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।ऋणपत्रको व्याजदर (कुपनरेट) बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विकास ऋणपत्र खरिदकर्ताले खरिद गरेको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाउनेछन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत हुनेछ । निश्चित ब्याजदर दिई सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ ।

प्रतिकृया