• २१ असोज २०८३, बुधबार
  • १०ः४१ बिहान

आज पनि नेप्सेमा भारी अंकको गिरावट

प्रकाशित मिति

२०८० श्रावण ९ गते, मंगलवार ०४:१९

९ श्रावण २०८०, काठमाडौँ: आज पनि नेप्सेमा भारी अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३६.१९ अंकले घटेको छ । नेप्से १.६४ प्रतिशतले घटेर २१६४.३१ बिन्दुमा बन्द भएको छ।

National Life

हिजाे ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँमा सीमित भएको छ ।


आज २६७ वटा धितोपत्रको ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच भएको हो। मंगलबार किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त कम्पनीको सेयर मूल्य ९५८ रुपैयाँ ३० पैसा पुगेको छ। यस्तै, सिटी होटलको सेयरमूल्य ७.७४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७४३ रुपैयाँ ४० पैसा कायम भएको छ।


सेयरमूल्य सर्वाधिक नबिल डिवेञ्चर २०८५ रहेको छ। उक्त डिवेञ्चरको मूल्य ६.८७ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ७८५ रुपैयाँ १० पैसामा सीमित भएको छ।


यस्तै, बिपिडब्यू लघुवित्तको सेयरमूल्य ५.२३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३५६ रुपैयाँमा झरेको छ। मंगलबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ४७३ रुपैयाँमा १५ करोड २७ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.७२ प्रतिशत बढेको हो।


सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६२१ रुपैयाँमा १० करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक १.२२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । यस्तै, बैंकिङ समूहको परिसूचक सर्वाधिक २.७५ प्रतिशतले घटेको छ।

प्रतिकृया