• २१ असोज २०८३, बुधबार
  • १०ः५२ बिहान

एक वर्षमा ३५०० किलो सुन आयात गर्दा ४५ अर्ब बाहिरियो

प्रकाशित मिति

२०८० श्रावण ८ गते, सोमबार ०३:४६

८ श्रावण २०८०, काठमाडौँ: गत आर्थिक वर्ष २०७९/८० मा नेपालले सुन आयात गर्दा ४५ अर्ब सात करोड एक लाख २९ हजार रुपैयाँ देशबाट बाहिरिएको छ ।

National Life

भन्सार विभागका अनुसार २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा नेपालले तीन हजार ५४२.४१ केजी सुन आयात गर्दा उक्त रकम बाहिरिएको हो । गत आर्थिक वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई)बाट मात्र नेपालले २४ अर्ब २१ करोड ९२ लाख ९८ हजार रुपैयाँको सुन आयात गरेको छ ।


यस्तै, सोही समयमा टर्कीबाट दुई अर्ब ७२ करोड ८१ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सुन नेपालमा आएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले विभिन्न देशबाट ४३ अर्ब ६७ करोड ८७ लाख ८८ हजार रुपैयाँको सुन आयात गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष एक अर्ब ३९ करोड १३ लाख ४१ हजार रुपैयाँ बढीको सुन आयात भएको विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ ।

प्रतिकृया