• २१ असोज २०८३, बुधबार
  • १०ः५३ बिहान

नेप्से परिसूचक २६.६६ अंकले घट्याे

प्रकाशित मिति

२०८० श्रावण ८ गते, सोमबार ०३:४७

८ श्रावण २०८०, काठमाडौं : आज नेप्से परिसूचक २६.६६ अंकले घटेको छ। आज नेप्से १.१९ प्रतिशतले घटेर २२००.५० बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

National Life

हिजाे ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँ पुगेको छ।


सोमबार किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ८७१ रुपैयाँ २० पैसा पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ५.९६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८०० रुपैयाँ कायम भएको छ। सेयरमूल्य सर्वाधिक घट्नेमा एनआइबिएल ग्रोथ फण्ड रहेको छ। उक्त योजनाको इकाइ मूल्य ६.९३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ७३ पैसामा सीमित भएको छ।


यस्तै, लिवर्टी इनर्जीको सेयरमूल्य ६.२५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २७० रुपैयाँमा झरेको छ।

सोमबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ८०० रुपैयाँमा २५ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको हो।


यो मूल्य अघिल्लो दिनको तुलनामा ५.९६ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ग्लोबल आइएमई बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २३१ रुपैयाँमा १९ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

यस दिन अन्य समूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशतले बढेको छ।

यस्तै, विकास बैंक समूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशतले घटेको छ।

प्रतिकृया