• २१ असोज २०८३, बुधबार
  • १०ः५३ बिहान

मुुलुकमा रोजगारी सिर्जना हुन नसक्ने अहिलेको गम्भीर चुनौतिको विषय रहेको छ : विनोद चौधरी

प्रकाशित मिति

२०८० श्रावण ७ गते, आईतवार ०१:०२

७ श्रावण २०८०, काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीमा अनुशासनको पाटो निकै कमजोर रहेको बताएका छन् । केन्द्रीय कार्य समितिको बैठकमा उनले पहिलो पटक प्रत्यक्ष चुनाव लड्दाको अनुभव सुनाउँदै यस्तो बताएका हुन् ।

National Life

पार्टीका नेता कार्यकर्तालाई बेलैमा अनुशासनको लगाम नलाए भविष्यमा विकराल अवस्था आउने चौधरीको भनाइ छ । टिकट पाएपछि पार्टीका सबै साथी एक ठाउँमा उभिएर सहयोग गर्नुपर्नेमा कसरी सिध्याउने भनेर लाग्ने प्रवृत्ति आफूले भोगेको चौधरीले सुनाए ।


चौधरीले भने– ‘एक ठाउँमा उभिएर कसरी सघाउलान् भनेको त कसरी सिध्याउने भन्नेमा लागेको अनुभूति मैले गरेँ । आफ्नो पार्टीको उम्मेदवार हराउने मात्र होइन विरोधीलाई कसरी जिताउने भनेर लागेका प्रत्यक्ष प्रमाणहरू छन् । ती सबै प्रमाण अनुशासन समितिलाई बुझाइएको छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

चौधरीले यो प्रवृत्तिले पार्टी–पार्टीका रुपमाख नरहन नसक्ने बताए । ‘पार्टी संगठन, भ्रातृसंगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसक्ने हो र उनीहरुलाई पार्टीको उद्धेश्यप्रति जिम्मेवार बनाउन नसक्ने हो भने पार्टी पार्टीका रुपमा रहन सक्दैन ,’ उनले भने । साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा वित्तीय अवस्था पुगेको चौधरीले बताए ।


‘अहिले पनि राजश्व उठ्ने क्रम र साधारण तथा विकास खर्चको आपसी तालमेलमा ल्याउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘मौद्रिक नीति आउन बाँकी छ । मौद्रिक नीतिमार्फत् धेरै विषयको सम्बोधन हुने कुरा अर्थमन्त्रीज्यूले बताउनु भएको छ । मआशावादी छु ।’


चौधरीले विदेशमा बस्ने नेपालीहरूले चुनावमा नयाँ पार्टीलाई भोट दिन प्रेरित गरिरहेको बताए । ‘विदेशमा भएका ५० औं लाख नेपाली युवाहरूले पुराना पार्टीका गतिविधिका कारण हामीहरू विदेशिन बाध्य भयौं। ती पार्टीलाई भोट दिने होइन नयाँ पार्टीलाई दिने हो भन्छन्,’ उनले भने।


मुुलुकमा रोजगारी सिर्जना हुन नसक्ने अहिलेको गम्भीर चुनौतिको विषय भएको चौधरीले बताए । ‘अहिले पनि दैनिक दुई हजार भन्दा बढि मानिस रोजगारीका लागि विदेशिनु चुनौतिको विषय हो,’ उनले भने, ‘मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्को गम्भीर चुनौति हो । जसले नेपालको राजनीति र स्थापित पार्टीप्रतिको दृष्टिकोणमा बदलाव ल्याउन पनि भूमिका खेल्ने गरेको छ । यसतर्फ हामी सचेत हुनुपर्छ ।’


उनले विदेशमा रहेका नेपालीका विषय समाधान गर्न पनि कांग्रेसले भूमिका खेल्नुपर्ने बताए । ‘जनताले रोजगारी चाहेका छन्,’ उनले भने, ‘कांग्रेस यसका लागि सक्षम छ भन्ने सन्देश जानुपर्ने अवस्था छ ।’

प्रतिकृया