• ९ असोज २०८३, शुक्रबार
  • ९ः२९ राती

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला

प्रकाशित मिति

२०८० असार २६ गते, मंगलवार १२:४३

२६ असार २०८०, काठमाडौँ : सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ ।

National Life

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हाे।


कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ।असई बस्नेतले तीनजनाको शव फेला परेको बताएको बास्तोलाको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियोहेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो।


हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्। पाइलट टेकबहादुर गुरूङ रहेको प्रजिअ भट्टराईले बताए। अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको बताइएको छ।


‘घटनास्थलमा पुगेका प्रहरीले तीनवटा शव देखेको बताएका छन्। शवको पहिचान भइसकेको छैन। अरू खोज्नेक्रम जारी छ। घटनास्थलमा स्थानीय पनि छन्,’ उनले भने।

प्रतिकृया