• ९ असोज २०८३, शुक्रबार
  • १०ः१० राती

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा नवनिर्मित कार्यालय भवनहरू उद्‍घाटन

प्रकाशित मिति

२०८० असार २६ गते, मंगलवार ०१:०५

२६ असार २०८०, काठमाडौँ : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले धनगढी उपमहानगरपालिका-२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको हाताभित्र नवनिर्मित कार्यालय भवन, आवास तथा मेश भवनहरूको सोमबार एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ ।

National Life

साथै उहाँले भवन निर्माणमा सहयोग पुर्‍याउनु हुने अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदी लगायतका महानुभावहरूलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री शाहले प्रदेश प्रहरीलाई गर्नुपर्ने आवश्यक सहयोगका लागि प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो ।


सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद ज्ञापन गर्दै प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुको मनोवल उच्च तथा कार्य सम्पादन क्षमता बद्धि भई समग्र शान्ति सुरक्षामा गुणात्मक प्रतिफल दिने गरी प्रहरी सेवा स्तरिय हुँदै जाने उल्लेख गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक गणेश चन्दले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुमन दाहालले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित कूल २३ करोड ८६ लाख ९४ हजार ४ सय ४१ रूपैयाँ लागतमा उक्त भवनहरू निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।


कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्रीहरु, प्रदेश सरकारका मन्त्रीहरू, धनगढी महानगरपालिका प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरू, संचारकर्मी, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया